बिहिबार, बैशाख २०, २०८१

जनभावना विपरीत ल्याइएको संविधानले राष्ट्रिय संकट उतपन्न भएको जनसंघर्ष मोर्चाको ठहर

काठमाडौं मार्ग १५ , जनसंघर्ष मोर्चाको अगुवाइमा शान्ति र स्थायित्वका लागि भन्दै जारी े पाँच दिने भोटाहिटी धर्ना आजबाट समापन भएको छ । धर्ना समापनको क्रममा सहभागी वक्ताहरुले नयाँ संविधान जारी भएपछिको संकटको अवस्थामा समस्या समाधान गर्न ओली सरकारसँग कुनै ठोस नीति नभएको DSCN9713 DSCN9732मोर्चा सम्बद्ध नेतृत्वपंक्तिले कार्यक्रमलाई सम्बोधन गर्दै बताए । पृथ्वीनारायण शाहले जनताको सहयोग र समर्थनमा एकीकरण गरेको नेपाल नयाँ संविधानका कारण विभक्त नहोस्, नेपाली नेपालीबीच दरार उत्पन्न नहोस् भन्ने मोर्चाको धारणा पनि त्यस अवसरमा अभिव्यक्त गरेका छन ।

त्यस क्रममा राप्रपा नेपाल समानान्तरका का.वा. अध्यक्ष गणेश शेरचनले संविधान जारी भएपछिको अवस्थामा शासन पद्धति ठप्प भएको, राष्ट्रियता संकटमा परेको, अर्थतन्त्र धराशयी भएको कारण निकासको लागि संविधान खारेजीको विकल्प नभएको बताउँनु भएको थियो भने राष्ट्रिय जनसंघर्ष मोर्चाका संयोजक श्याम तिमल्सिनाले जनभावना विपरीत ल्याइएको संविधानले राष्ट्रिय संकट उत्पन्न गराएकोमा चिन्ता व्यक्त गरेको मोर्चाद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा सरकारले चीनबाट आज भोली भन्दै इन्धन आउछ भनेर जनतालाई ढाँटीरहेको भन्दै सरकारको अकर्मण्यता देख्दा ओलीका ६ उपप्रधानमन्त्री भलीबल खेलीरहेको भान हुन्छ, मोर्चाका नेता सगुन सुन्दर लावतीको जिकिर गरेको उल्लेख गर्दै समापन कार्यक्रममा इन्धन आपूर्ति सहज गर्न सरकार असक्षम रहेको, कालोबजारीलाई प्रश्रय दिएको भन्दै मोर्चाले सरकारको आलोचना गरेको छ ।

मोर्चाले जनभावना विपरीत जारी गरिएको संविधानको खारेजी, हिन्दू अधिराज्य र अवैधानिक रूपमा खारेज गरिएको संवैधानिक राजसंस्थाको बहाली, भूकम्प पीडित लगायतका जनताको गास बासको ग्यारेन्टी, स्वाधीनता कायम गर्दै पेट्रोलियम पदार्थको नियमित आपूर्ति, भूकम्प पीडितलाई राहत र पूनर्निर्माणको यथाशिघ्र व्यवस्था माग गरिएको थियो ।