बिहिबार, बैशाख २०, २०८१

अख्तियारद्वारा इन्धन अनियमितताबारे छानबिन सुरु

काठमाडौ मार्ग ५, रूपन्देहीको भलबारी डिपोबाट निगमको थानकोट डिपोका लागि पठाइएको इन्धन निजी क्षेत्रका पेट्रोल पम्पलाई वितरण गरेको भन्ने गुनासो 10923668_433567213459267_4650028694648365497_nआएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चासो व्यक्त गर्दै निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र निर्देशक मुकुन्द घिमिरेलाई बोलाएर सोधपुछ गरेको छ ।आयोगकाअनुसार Nepal-Oil-Corporation-130315-5-700भलबारीे डिपोबाट पठाइएको इन्धन काठमाडौँको एक पेट्रोल पम्पलाई गैरकानुनी तवरले वितरणका लागि पठाइएको भन्दै नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यस्तै आयोगले कालोबजारी नियन्त्रणका लागि आवश्यक कदम चाल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, वाणिज्य विभाग, नेशनल ट्रेडिङ लि र साल्ट ट्रेडिङ लिलाई निर्देशन दिइसकेको छ । नातागोता, शक्ति, पहुँच र प्रभावका आधारमा इन्धन वितरण नगर्न सम्बद्ध पक्षलाई निर्देशन दिइसकिएको जनाउँदै मिलेमतोमा कारोबार भए वा गरिएको थाहा हुनासाथ सम्बन्धित निकायमा खबर गर्नसमेत आयोगले आग्रह गरेको छ ।