मङ्लबार, बैशाख २५, २०८१

तिहारमा देउसी, भैलो राति १० बजेसम्म मात्रै

काठमाडौ कात्तिक २२ गृह मन्त्रालयले नेपालीहरुको दोस्रो महानपर्व तिहारको अवसरमा खेलीने देउसी, भैलोलगायतका कार्यक्रम राति १० बजेसम्म मात्रै गर्न  गृह विज्ञप्तिसबैमा अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले आज जारी गर्नुभएको विज्ञप्तिमा रातको समयमा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पु-याउन सक्ने हुँदा सुरक्षालाई दृष्टिगत गरी देउसी, भैलो राति १० बजेसम्ममा मात्रै सिमित गरिएको उल्लेख गरिएको गरिएको छ ।
साथै भुँइचम्पा, पटाका, आतसबाजीजस्ता विष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्न जाने, चोटपटक लाग्ने तथा आगलागी भई जनधनको क्षति हुनसक्ने भएकाले तिहार तथा छठ पर्वका अवसरमा त्यस्ता विष्फोटक पदार्थको उत्पादन, आयातनिर्यात, बिक्री वितरण, परिवहन तथा प्रयोग नगर्न नगराउँन अनुरोध गर्दै जारी विज्ञप्तिमा मन्त्रालयले यस विपरीत कार्य गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031