शुक्रबार, बैशाख ७, २०८१

नेपालमा विद्यमान मानवीय सङ्कट र अधिकारको सवालमा आयोगद्दारा स्थतिपत्र सार्वजनिक

अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकर्षण

काठमाडौ कात्तिक २२, राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार स्थितिपत्र सार्वजनिक गर्दै नेपालमा विद्यमान मानवीय सङ्कट र मानव अधिकारमा NHRC_Press_Note_Regarding_Appeal_and_Key_Concerns_on_Humanitarian_Crisisपरेको प्रभावका सवालमा सरकार, आन्दोलनरत पक्ष र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको जनाएको छ । आयोगले सार्वजनिक गरेका उक्त स्थितिपत्रमा नेपाल–भारत सीमामा देखिएको अवरोधका कारण सिर्जना भएको मानवीय सङ्कट एवम् जीवनको अधिकार, बालअधिकार, स्वास्थ्य, शिक्षा, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, पेसा व्यवसाय गर्न पाउने अधिकार, खाद्यान्नको अधिकार र महिलाको अधिकारलगायत मानव अधिकारमा प्रत्यक्ष प्रभाव परेको उल्लेख गरिएको छ ।

त्यस्तै मानव अधिकार संस्थाको एसिया प्रशान्त क्षेत्रीय मञ्च, अन्तर्राष्ट्रिय समन्वय समिति र मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालय समेतलाइ जानकारी गराइएको उल्लेख गर्दै नेपालको संविधान एवम् नेपाल पक्ष भएका मानव अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय महासन्धी तथा अन्तर्राष्ट्रिय दस्तावेजले प्रत्याभूत गरेका अधिकारको उपभोगमा गम्भीर असर परेको जनाउँदै तत्काल यसको निरुपणका लागि सम्बोधन गर्न आयोगले सरकार, तराई–मधेस केन्द्रित आन्दोलनरत पक्ष, अन्तर्राष्ट्रिय समुदाय तथा सम्बन्धित सबै पक्षलाई ध्यानाकर्षण गराएको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख छ ।