बुधबार, बैशाख १९, २०८१

पहाडलाई दुख्दा तराईलाई पीडा हुने र तराईमा समस्या पर्दा पहाडलाई पनि दुख्नुपर्ने उपराष्ट्रपति पुनको अभिव्यक्ति

पत्रकार महासंघद्दारा उपराष्ट्रपतिपुनलाइ बधाईज्ञापन

काठमाडौं कात्तिक २२, नेपाल पत्रकार महासंघले गत कात्तिक १४ गते व्यवस्थापिका संसदबाट मुलुकको उपराष्ट्रपति पदमा निर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनसंग साक्षात्कार सहित उहाँको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको छ । PKM_8203 copyमहासंघका अध्यक्ष डा. महेन्द्र बिष्टको नेतृत्वमा गएको पत्रकार प्रतिनिधीमण्डलले उपराष्ट्रपति नन्दबहादुर पुनलाइ बधाइ ज्ञापन गर्दै देशमा देखिएका समस्याहरुलाई समाधान गर्नका लागि उपराष्ट्रपतिले संबैधानिक दायराभित्रबाट सकारात्मक भूमिका खेल्न आग्रह गर्दै देशभर सञ्चारमाध्याम र सञ्चारकर्मीहरुमाथि परिरहेका समस्याहरुबारे जानकारी गराउँनु भएको थियो ।

बधाइ ज्ञापन पछि महासंघको प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै उहाँले लामो समयदेखिको अन्योलबाट देशलाई निकास दिने प्रक्रिया अगाडि बढेकाले सबै समस्याहरु वार्ता र संवादबाट हल गर्न सकिने बताउनुभयो । संविधानसभाबाट संविधान जारी हुनु देशका निम्ति ठूलो उपलब्धी भएको बताउँदै नमिलेका कुराहरु मिलाउन सकिने भएकोले यो बेला सबै राष्ट्र निर्माणमा केन्द्रित हुनुपर्ने त्यस्तै गरि राष्ट्रियताको भावना सबै नेपालीमा बराबर हुनुपर्ने बताउँदै उहाँले पहाडलाई दुख्दा तराईलाई पनि पीडा हुने र तराईमा समस्या पर्दा पहाडलाई पनि दुख्नुपर्ने बताउनुभएको महासंघका सचिव प्रभात चलाउनेद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  यसैवीच महासंघले सोमवार नवनियुक्त सूचना तथा सञ्चार प्रविधिमन्त्री माननीय शेरधन राईलाई बधाई तथा शुभकामनाका दिनुको अलावा उहाँसंग समसामयिक विषयमा छलफल गर्नका विशृष कार्यक्रमको आयोजना गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031