बिहिबार, बैशाख २०, २०८१

मन्त्री पुनको अध्यक्षतामा पेट्रोलियम पदार्थ वितरणलाइ प्रभावकारी बनाउन संयन्त्र गठन

काठमाडौ कात्तिक १६, मुलकमा जारी इन्धनको चरम अभावलाइ सम्बोधन गर्दै वितरण प्रणालीमा चुस्तता ल्याउँन भन्दै सरकारले संयन्त्र बनाएको छ वाणिज्य imagesतथा आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा आज बसेको बैठकले पेट्रोलियम पदार्थ वितरणसम्बन्धी यस किसिमको संयन्त्र बनाएको हो ।

  वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा गठन गरिएको उक्त संयन्त्रमा मन्त्रालय, वाणिज्य विभाग, नेपाल आयल निगम र नेपाल प्रहरीका प्रतिनिधि तथा ग्यास उद्योगीका तर्फबाट एकजना प्रतिनिधि रहेने बताइएको छ।  संयन्त्रले ग्यास तथा पेट्रोलियम पदार्थ, हवाई इन्धन कति आयात र वितरण भयो, कहाँबाट कति परिणाममा वितरण भयो कति अपुग छ भन्ने लगायतका तथाङक राख्दै वितरण  प्रणालीलाइ चुसस्ता दिइने बताइएको छ।