शुक्रबार, चैत्र १६, २०८०

प्रहरी हस्तक्षेप पछि वीरगन्ज–रक्सौल नाका आज बिहानदेखि खुल्यो

एकातर्फ सरकारी वार्ताटोली र मधेसीमोर्चावीच सहमति अर्कोतर्फ प्रहरी हस्तक्षेप

काठमाडौं कात्तिक १६, मुलुकमा जारी नयाँ संविधान प्रति असहति जनाउँदै विगत लामो समययता देखि मधेसमा आन्दोलन जारी राख्दै आवागमन थप्प पार्दै आइरहेको मधेसीमोर्चा र सरकारी वार्ताटोलीवीच आइतवार भएको वार्तामा आन्दोलनका विभिन्न माग अन्र्तगत मधेस आन्दोलनका क्रममा घाइतेको उपचार, Neoal-indiaमृतकलाई क्षतिपूर्ति दिने र झुठा मुद्दा फिर्ता लिने विषयमा सरकारले लिखित प्रतिबद्धता जनाएपछि मधेसी मोर्चाका नेता कार्यकर्ताले अवरुद्ध गर्दै आइरहेको काठमाडौं– वीरगन्ज–रक्सौल नाका आज बिहानदेखि खुल्ला भएको त्यहाँस्थित हाम्रा सहकर्मीले जनाएको छ ।   त्यस्तै नाका खुल्ला भएपछि विगत दुई महिनादेखि वीरगन्जमा थन्किएका भारतीय वाहनलाई भारततर्फ पठाउने काम सुरु गरिएको जिल्ला प्रशासन कार्यालयलारुइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ।

तर सरकारी वार्ताटोली र मोर्चाका नेताहरुवीच आइतवार भएको लिखित सहमति पछि वीरगन्ज–रक्सौल नाका खुला भएको उल्लेख भएपनि यसैवीच प्राप्त अर्को एक समाचारमा भने आन्दोलनको नाममा वीरगन्जस्थित मितेरीपुलमा धर्ना बसेका मोर्चाका नेता कार्यकर्ताहरुलाई जिप्रका पर्सा र सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साले धर्नास्थलमा हस्तक्षेप गरी नाका खुल्ला गराएको बताईएको छ । त्यस्तै धर्नास्थलमा प्रहरीले गरेको हस्तक्षेपको विरोध गर्दै वीरगन्जका विभिन्न स्थानमा टायर बाली विरोध प्रदर्शन गरेको उल्लेख गरिएको छ । वीरगन्ज–रक्सौल नाका आज बिहानदेखि खुल्ला भएयता भारतमा थन्किएका इन्धन हित अत्याआवश्किय खाधान्न बोकको सवारी नेपाल भित्र्याउने कार्यलाइ निरन्तरता दिइने तयारी स्थानीय प्रशासनललाइ उदृत गर्दै प्राप्त समाचारमा जनाईएको छ ।