शनिबार, बैशाख २९, २०८१

अघोषित नाकाबन्दी मुलुकको स्वाधीनता र सार्वभौमिकतामाथिको अतिक्रमण: पूर्वप्रम डा.भट्टराइ

काठमाडौ कात्तिक १६, पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आइतवार राजधानीमा आयोजित ‘समकालीन नेपाली राजनीतिका आन्तरिक र बाह्य चुनौतीहरू’ baburam-bhattraiविषयक अन्तरक्रियामा विगत लामो समय यता देखि जारी तराई आन्दोलनको सम्बोधन गर्न सरकारले गम्भीरता नदेखाएको भन्दै तराई आन्दोलनलाइ तत्काल सम्बोधन गर्दै विद्यमान समस्याको सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

त्यस्तै डा भट्टराईले एकातर्फ तराइमा जारी आन्दोलन र अर्कोतर्फ भारतले गरेको अघोषित नाकाबन्दी मुलुकको स्वाधीनता र सार्वभौमिकतामाथिको अतिक्रमण भएको अभिव्यव्यक्ति सहित देश अस्तव्यस्त हुँदा पनि सरकार, राजनीतिक दल र नागरिक समाजसमेत मस्त सुतिरहेको भट्टराईले आरोप लगाए । साथै उहाँले महाभूकम्पको कारण पुगेको क्षतिको पूर्णनिर्माणलाइ यो वा त्यो बहानामा सरकारले ओझेलमा राख्दै जनभावना माथि अर्को घात गरेको समेत बताए ।

मुलुकमा नयाँ संविधान जारीभएसंगै आर्थिक विकास र समृद्धिको मुद्दाले प्राथमिकता पाउनुपर्नेमा वर्तमान सरकार त्यो पक्षमा समेत चुकेका बताउँदै अव मुलुकको समृद्धिका लागि नयाँ शक्ति निर्माण अपरिहार्यरहेको जनाउँ दिनु भएको छ । कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगाना खगेन्द्र, संगौला तुलानारायण, साह लगायत समाजका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुले प्रस्तुत मृद्धामा सुझाव सहितको आ-आफ्नो धारणा अभिव्यक्त गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031