बुधबार, बैशाख १९, २०८१

ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट कम्पनीलाई अन्तर्राष्ट्रिय गोल्ड अवार्ड’

काठमाडौं कात्तिक १० , विश्वका विभिन्न कम्पनीहरुलाई गुणस्तर नियन्त्रणका आधारमा दिइने यस वर्षको ‘गोल्ड अवार्ड’ नेपालको ग्लोबल क्यापिटल इन्भेष्टमेन्टले प्राप्त गरेको छ । विश्वका विभिन्न कम्पनीलाई गुणस्तर नियन्त्रणका आधारमा प्रत्येक वर्ष दिइने ‘गोल्ड अवार्ड’ यसपटक नेपालको ग्लोबल JAV_0946क्यापिटल इन्भेष्टमेन्टलाई फ्रान्सको पेरिसमा आयोजित एक कार्यक्रममा प्रदान गरिएको छ ।

स्पेनको विजनेश इनिसियटिभ डाइरेक्सनले अन्तर्राष्ट्रियस्तरमा प्रदान गर्दै आएको यस अवार्ड यस पटक नेपालको कम्पनीलाई प्रदान गरेको हो । विगतमा भारतको रिलायन्स, टाटा कम्पनी, टर्किज एयरलाइन्स, युनाइटेड अरब इमिरेट्स, सेन्ट्रल स्टेट बैंक अफ रसिया र रसियन स्पेस एजेन्सी लगायतलाई सो अवार्ड प्रदान गरिसकेको छ । अवार्ड’ ग्रहण कार्यक्रमलाइ सम्बोधन गर्दै गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा ग्लोबल क्यापिटल इन्भेष्टमेन्टका अध्यक्ष देवमान हिराचनले आगामी पाँच वर्षभित्र नेपाललाई अर्गानिक देश बनाउने अभियानमा लागेको जानकारी दिँदै यो अवार्ड ग्लोबल क्यापिटलको मात्र नभई सिङ्गो नेपालले नै पाएको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

राष्ट्रिय अर्थतन्त्रको विभिन्न क्षेत्रहरुमा लगानी गरी सिङ्गो नेपालकै अर्थतन्त्रलाई परिवर्तन गर्ने उद्देश्यलाई आत्मसात् गर्दै ३ वर्ष अगाडी स्थापना भएको ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट लिमिटेड (जि.सि.आई.) कम्पनी एक अभियानको नाम हो । यो कम्पनी, व्यावसायिक रुपमा विश्व बजारमा प्रतिष्ठित उद्यमीको रुपमा स्थापित भइसकेका लगनशील तथा सक्षम उद्यमीहरुबाट स्थापना भएको हो । हाल यसले नेपालमा अर्गानिक आउटलेट, अर्गानिक मल उद्योग, बीउ विजन वितरण, कृषि व्यवसायीकरण, कफी खेती, वायु र सौर्य उर्जा, पर्यटन क्षेत्र, विश्वव्यापी व्यवसायिक संजाल निर्माण लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आइरहेका छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930