शुक्रबार, चैत्र १६, २०८०

प्रम निर्वाचनमा सहभागिता जनाउँदै गरेको भूल सच्याउँन राष्ट्रपति निर्वाचनमा भाग नलिने नेता कर्णको प्रष्टिकरण

काठमाडौं कात्तिक ११, रिपोर्टर्स क्लबले मङलवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री images20निर्वाचनमा आन्दोलनरत कुनै पनि मधेसीमुलका नेता राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुँने उद्घोष गरेका छन ।

त्यस्तै यस अघि प्रम निर्वाचनमा सहभागिता जनाएर मोर्चाले गम्भीर भूल गरेको स्वीकार्दै अव त्यस्तो भूल नर्गर्ने बताउँनु भएको हो । त्यस्तै नेता कर्णले आफुहरु निर्णायक वार्ताका लागि जतिबेला पनि तयार रहेको बताउँदै सरकार वार्ताका लागि गम्भीर नभएको आरोप समेत त्यस क्रममा लगाए ।