बिहिबार, बैशाख २०, २०८१

सामुदायिक स्कुललाई कम्प्युटर सहयोग

काठमाडौं कात्तिक ८,  अमेरिकाको सामाजिक संस्था युयसए नेपाल कम्यूनिटी आउटरिच नेर्टवर्क (Uncon) ले चितवनको हिमालय निम्न माध्यमिक 12179386_1016754738387178_1769548224_nविद्यालयलाई एक लाख बरावरको तीनवटा कम्प्युटर हस्तान्तरण गरेको छ । हिमालय निम्न माध्यमिक विद्यालयमा आज आयोजित कार्यक्रमा संस्थाका महासचिव बटुक विष्टले उक्त कम्प्युटर हस्तान्तरण गर्नु भएको हो ।

स्कुलका तर्फाट प्रधानअध्यापक नहेन्द्र खड्काले उक्त कम्प्युटर बुझ्नु भएको थियो । कार्यक्रममा संस्थाका महासचिव विष्टले सामुदायिक स्कुलका विद्यार्थी पनि प्रविधिबाट टाढा रहन नपरोस् भन्ने उदेश्यले उक्त कम्प्युटर उपलब्ध गर्राईएको जानकारी दिनु भयो । उहाले आउदा दिनमा विद्यार्थीहरुले गर्ने प्रयोगका आधारमा थप कम्प्युटर उपलब्ध गर्राईने बताउनु भयो ।  अनकनले नेपाल र अमेरिका विच युवाहरुमा भावनात्मक विकासका लागि नेपालमा विभिन्न कार्यक्रम गर्दै आएको छ । उसले महिला सशक्ति करण तथा आत्मनिर्भर बन्न विभिन्न खाले शिपमुलक कार्यक्रम पनि गर्दै आएको छ ।