अर्जुन खनाल/ नयाँ दिल्ली , भारतले गरेको अघोषित नाकाबन्दी अब चाडैं नै सुल्झिने भदै भारतका लागि महामहिम राजदुत दिपकुमार उपाध्ययले बिहिवार सारथी सिर्जनशील समाज नेपाल भारतले आयोजना गरेको नेपाल९भारतको धार्मिक ,संस्कृतिक र सामाजिक सद्भाव अमर रहोस, नेपाल भारत बिच उत्पन्न परिस्थिति समाधानको बरेमा संयुक्त बिचार बिमर्श एवम् नेपाल भारत संयुक्त गौ कथा बाचन कार्यक्रममा बताउनु भएको हो । कार्यक्रममा बोल्दै चाडवाड नजिकदै गर्दा आम नेपाली जनताले दुख भोग्नु परेको र अब हामी सबै समस्यको समाधान प्रति लागेको पनि राजदुत उपाध्ययले बताउनु भयो । साथै उहाँले नेपाल भारतवीचको हिजोको सुमधुर सम्बन्ध आज पनि कायमनै रहेको जिकिर गर्दै यसवीचमा फैलिएको भ्रम चाडै नै निवारण आशा व्यक्त गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै भारतीय जनता पार्टीका उपाध्यक्ष एवम् पुर्व मुख्य मन्त्री उत्ताखण्डका भगत सिंह कोसियारीले जहाँ पशुपतिनाथले बाँस गर्नु भएको छ त्यहाका जनताको मनमा पशुपतिनाथ नै रहनु भएको र जुन नेपालको संविधानमा गाई राष्ट्रिय जनावर रहेको छ त्यो अबका दिनमा संविधान संसोधन हुदा नहटाईयोस ताकी गौ माता भनेर राखियोस भन्दै नेपालमा अहिले पहाडी र मधेसीबिच देखिएको द्वन्द नेताहरुकै चलखेल र सम्प्रदायवीच फैलिएको भ्रमको उपज भएको बताउँनु भएको छ ।
त्यस्तै उहाँले जनतालाइ एक आपसमा लडाउने काम गर्दै गर्दा अर्को ब्यक्ति वा राष्ट्रले फाईदा उठाउन सक्ने भन्दै हिजो शिर्ष नेताहरुले नेपाललाई हिन्दु राष्ट्र बनाउने निर्णय भए पनि रातारात धर्मलाई पैसामा बेचेर सम्पादन गरेको कुनैपनि कार्य आफैमा सकारात्मक नभएको टिप्णिी ष्र्नु भएको थियो ।
त्यस्तै कार्यक्रमका अर्कावक्ता नेपाल भारत सनातन हिन्दु धर्म संरक्षण मंचका अध्यक्ष किशोरी महतोले नेपाल हिजो पनि हिन्दु राष्ट्र थियो ,भोलि पनि रहन्छ चाहे जुन कुनै परिस्थितिमा पनि नेपालमा सनातन हिन्दू धर्म ल्याउन जे जस्तो कदम चाल्न परेपनी पछि नहट्ने बताउँनु भएको थियो । कार्यक्रममा गाईको महत्व एवम् गाईको रक्षाको निम्ति कथा वाचन पनि भएको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि ,पत्रकार ,समाजसेवी ,बुद्दिजिवी,आदिको उपस्तिथि रहेको थियो भने कार्यक्रमको संयोजन राकेश झा ले गरेका थिए भने कार्यक्रमको सञ्चालन र गौ रक्षा अभियानका चक्रदेव जोशीले गर्नु भएको थियो ।