बुधबार, बैशाख २६, २०८१

भित्री सहरको मौलिकता जोगाउन हिँडौं काठमाडौं

काठमाडौं आश्विन १९, काठमाडौंलाई मानव बसोबास योग्य, वातावरणमैत्री तथा सम्पदा आचरणमैत्री सहर बनाउने लक्ष्य सहित सुरु गरिएका हिँडौं काठमाडौं अभियानको पहिलो चरणको कार्यक्रम समापन भएको छ । गत शुक्रवार ठमेल क्षेत्रबाट शुरु गरिएको अभियान १८ गते इटुम्बहालमा समापन गरिएको हो । समापन अघि भेडासिंहबाट सांस्कृतिक बाजागाजासहित ¥याली निकालिएको थियो । विश्व बसोबास दिवसको सन्दर्भमा सबैकालागि खुल्ला स्थान र हिँडौं काठमाडौं अभियानको सन्दर्भमा भित्री सहरको मौलिकता जोगाउन हिँड्ने बानीको विकास, दुवै पक्षलाई जोडेर अभियान सञ्चालन गरिएको हो ।

त्यस्तै प्रस्तुत कार्यक्रमको माध्यमबाट उपत्यकाको हावापानी, भू बनावटकाकारणमात्र होइन, सम्पदा मार्गहरुको पहिचान गरेर पैदल यात्राकालागि प्रवर्धन गर्न सकिने सम्वद्ध व्यक्तिव्यक्तिहरुले जनाएको छ । साथै यसका लागि स्थानीय स्तरमा सवारी साधनमा यात्रा गर्नुभन्दा हिँड्नु वातावरण र जनस्वास्थ्यका दृष्टिले फाइदाजनक छ भन्ने कुराको बोधलाई स्मरण गराउन कार्यक्रम लाभदायी भएको अभियानका साझेदारहरुले बताएका छन ।

समापन कार्यक्रममा अभियानका क्रममा भेडासिंहदेखि नरदेवीसम्मको सडक खण्ड, आसपासका शाखा सडक र चोक तथा ननीमा सवारी साधन प्रवेश रोक लगाइएको थियो भने, त्यस क्षेत्रमा सुकुल बुन्ने, भजन तथा धार्मिक जमघट गनेृ, परम्परागत पोशाक, कृषि तथा घरायसी सामाग्री प्रदर्शन गर्नुको अलावा झिँगु मसिका दिगु अर्थात् आफ्नो पहिचान झल्कने ढिकुटी घरको उद्घाटन गरिएको थियो ।

भूकम्पका समयमा भत्किएका तथा भत्काउनु पर्ने घरमा भएका कलात्मक झ्याल, ढोका, तोरणलगायतका सामाग्री संरक्षणको अभावमा नहराउनु भन्ने उद्देश्यले पुनस्र्थापना नहुञ्जेलसम्मकालागि टुटफुट हुनबाट जोगाउन तथा हराउनबाट बचाउन यस स्थानको व्यवस्था गरिएको कार्यक्रममा जानकारी दिईएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930