बिहिबार, चैत्र १५, २०८०

अघोषित नाकाबन्दी नेपालको आन्तरिक मामिलामाथिको हस्तक्षेप :नेमकिपा

काठमाडौं आश्विन १९ , नेपाल मजदुर किसान पार्टीको चार दिने लामो केन्द्रीय समितिको सम्पन्न बैठकले भारतले नेपालको आन्तरिक मामिलामाथि हस्तक्षेप bijukcheगर्दै अघोषित नाकाबन्दी गर्नु अन्तर्राष्ट्रिय कानुन, सन्धि–सम्झौता विपरीत भएको ठहर गरेको छ । बैठक पछि जारी प्रेस विज्ञप्तिमा यस्तो ठहर गर्दै गणतन्त्रको नाउँमा नेपाललाई भारतले आफ्नो नियन्त्रणमा राख्न खोजेको आरोप लगाएको छ ।

त्यस्तै नयाँ संविधानमा गणतन्त्र, धर्म निरपेक्षता, समाजवाद उन्मुख जस्ता विषय उल्लेख भएको हुँदा संविधानका धेरै धारामा असहमति हुँदाहुँदै पार्टीले संविधानको पक्षमा मतदान गरेको विषयमा पार्टीका सदस्यलाई स्पष्ट पार्न जिल्ला–जिल्लामा नेपालको संविधानबारे प्रवचन, अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।