बुधबार, बैशाख २६, २०८१

असन्तुष्ट दलका जायज मागलाइ सम्बोधन गर्नु पर्नेमा जोड

काठमाडौ आश्विन १८, शान्ति र लोकतन्त���रका लागि पेसागत सञ्जाल (पापड)द्वारा आज राजधानीम आयोजित ‘विद्यमान समस्या र समाधानको बाटो’ विषयक अन्तरक्रियामा सहभापी वक्ताहरुले संविधानलाई संशोधन गरी आन्दोलनरत असन्तुष्ट दल र समुदायका जायज मागलाई सुनिश्चित गनु पर्नेमा जोड दिईएको छ । अन्तरक्रियामा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले मधेसका समस्यालाई मुख्य ठूला राजनीतिक दलले जतिसक्दो चाँडो समाधान खोज्नुपर्ने धारणा राख्नुभएको थियो भने नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराईले संविधानले दलित, महिला र युगौँदेखि उत्पीडनमा पारिएको समुदायको अधिकार सुनिश्चित गरेको भन्दै त्यसको कार्यान्वयनमा सबैको सहयोगको आवश्यक रहेको धारणा राख्नु भएको थियो ।

त्यस्तै प्राध्यापक सङ्घका सभापति योगेन्द्रनारायण वखडियाले भारतले गरेको नाकाबन्दीले नेपाल र नेपाली आफैँ आत्मनिर्भर बन्नु अख्तियार गर्नु पर्नेमार्गको पहिचान गराएको बताउँनु भएको उक्त अन्र्तक्रियामा नेपाल शिक्षक महासङ्घका महासचिव तिलक कुँवर इन्जिनियर्स एसोसिएसनका अध्यक्ष ध्रुव थापा प्राध्यापक सङ्घका पूर्व अध्यक्ष प्राडा भूपती ढकाल र पापडका अध्यक्ष एवम् नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले वार्ता र सहमतिको माध्यमबाट विद्यमान कुनैपनि समस्याको समाधान गरिनु पर्नेमा आआफ्नो अभिव्यक्ति दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930