बिहिबार, चैत्र १५, २०८०

मङ्गलबार सरकार र मधेसी मोर्चाबीच औपचारिक वार्ता हुने

काठमाडौं आश्विन १८, सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भोलि मङ्गलबार सिंहदरबारमा वार्ता हुने भएको छ । मोर्चाद्वारा गठित वार्ता टोलीको 12108172_1112490005428493_2527965829151115486_nआज सद्भावना पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारसँग वार्ता गर्ने निर्णय गरेको हो ।

मङ्गलबार बिहान १० बजेका लागि समयसिमा निर्धारण गरिएको उक्त वार्तामा मोर्चाको तर्फबाट विगतमा उठाएका विभिन्न  माग सहित सङ्घीय प्रदेशको सिमाङ्कन, समानुपातिक समावेशी प्रतिनिधित्व, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता, भाषा, न्यायालयको पहुँचलगायतका  संविधान संसोधनका १७  बुँदे माग पेस गन गरिने तयारी रहेको मोर्चाले जनाएको छ ।