बिहिबार, बैशाख २०, २०८१

जनस्वास्थ्यको क्षेत्रमा साल्ट टेडिङको भूमिका

 saltanup_20150913_10

ब्रजेश कुमार झा
साल्ट टेडिङ कर्पोरेशन लिमिटेड आफ्नो  ५२ औं वर्ष यहि भाद्र  २७ गते पूरा गर्दैछ । स्थापनाको छ दशक भन्दा बढी व्यतित गरिसकेको यो संस्था वाणिज्य क्षेत्रमा पव्लिक प्राइभेट पार्टनरसिपको उत्कृष्ट नमूना बन्न सफल भएको छ । नेपालमा नूनको स्रोत नभएको कारण र तत्कालिन अवस्थामा यातायातको दृष्टिकोणले समेत सम्पूर्ण जनतालई नून पु-याउनु.ठूलो चुनौतीको रुपमा रहेको तथ्यलाई दृष्टिगत गरि अत्यावश्यक दैनिक उपभोग्य वस्तु नूनको आपूर्ति व्यवस्थालाई व्यवस्थित, नियमित गर्न तत्कालिन श्री ५ को सरकार, श्री ५ को सरकारको स्वामित्वमा रहेको संस्था एवम् त्यसबेला नूनको कारोवारमा लागेका मुख्य व्यापारीहरुलाई समावेश गरि साल्ट टेडिङ ’ कर्पोरेशन लिमिटेड २०२० साल भाद्र २७ गते रोज बिहिवारका दिन स्थापना भएको हो । जहांसम्म मलाई लाग्छ साल्ट टेडिङ कर्पोरेशन लि पव्लिक प्राइभट पार्टनरसिपको रुपमा स्थापित नेपालको पहिलो संस्था हुनुपर्दछ ।

सत्यमेव परम धनम्   भन्ने्  आदर्श वाक्यलाई धारणा गरेको यस संस्थाले गुणस्तरीय वस्तु उचित मूल्यमा देशभरिका जनतालाई सुलभ रुपमा आपूर्ति गर्ने एवं जनस्वास्थ्यलाई प्रतिकूल असर नपर्ने वस्तुको मात्रै कारोवार गर्ने यसको विशेषता एवं प्रतिबद्धता हो । आफ्नो स्थापनाको १० वर्ष नपुग्दै यस संस्थाले खाद्य उद्योगको स्थापना गरि देशमा मैदा, पिठो, सूजी, चोकरको आयातलाई प्रतिस्थापित गरि स्वदेशी कच्चा पदार्थ गहुंको खपत एवं नेपालीलाई स्वदेशी उत्पादनबा६ समेत सेवा दिन शुरु ग-यो भने अर्कोतिर नेपालमा जनस्वास्थ्यको समस्याको रुपमा रहेको आयोडिनको कमिलाई निर्मूल पार्न नूनमा आयोडिन समिश्रण गरि नेपालीको घरदैलोमा पु-याउन शुरु ग-यो ।  आयोडिनको कमि भएमा गर्भ तुहिने, मृत शिशु जन्मने, लुलो लंगडो, सुस्त मनस्थितिको बच्चा जन्मिने, बालबालिकाको शारिरीक एवं मानसिक विकास कम भई पढाईमा समेत कमजोर हुने, वयस्क व्यक्तिमा काम गर्ने क्षमतामा कमि आउने साथै प्रजनन क्षमतामा समेत ह्रास आउने लगायतका शारिरीक तथा मानसिक कमजारी हुनसक्छ ।  विश्व स्वास्थ्य संगठनको अध्ययन प्रतिवेदनको आधारमा सन् १९६५ मा ५५ प्रतिशत जनता आयोडिनको कमिले हुने विकृतिबाट प्रभावित थिए । उक्त जनस्वास्थ्यको समस्यालाई निर्मूल पार्न भारत सरकारबाट निरन्तर रुपमा २५ वर्षसम्म  १९७३ -१९९८ प्राविधिक एवं आर्थिक सहयोग प्राप्त भएको, सोको कारणनै आयोडिनको कमिले हुने विकृतिमा व्यापक कमि आएको थियो । यसको लागि भारत सरकारलाई कर्पोरेशन लगायत नेपाली जनताले धन्यवाद दिनुपर्छ ।

12

समयक्रममा कर्पोरेशनले आफ्नो  लगानीमा नेपालकै प्रथम खाद्य उद्योग लि. नेपाल वनस्पति ध्यू उद्योग लि , गोरखकाली रबर उद्योग लि .लगायत नेशनल फाईनान्स लि, सगरमाथा इन्स्योरेन्स, हिमालय खाद्य एवं प्याकिङउद्योग जस्ता संस्थाहरुको स्थापना गरेर देशलाई औद्योगिकरणको   दिशामा सेवा गर्नुका साथै रोजगारीको सृजना एवम् विदेशी   पूंजीलाई केही हदसम्म रोक्ने तर्फ समेत कार्य गरेको हो भने आम उपभोक्तालाई नून, तेल, वनस्पति ध्यू, मैदा, पिठो , सुजी, चिउरा, चामल, दाल, चिनी, खाना पकाउने ग्यांस लगायतका सामान उपलव्ध गराउंदै आएको  छ।   यसका साथै सिमेन्ट, कागज, टायर, टुयूब, रासायनिक मल, बिउबिजन आदिको कारोवार गरि देश र जनतालाई सेवा पु-याउंदै आएको छ

हिमालय खाद्य एवम् प्याकिङ उधोग लिबाट नून चिनि लगायत अन्य खाद्यान्न सामाग्रीको प्याकेजिङ कार्य हुँन्छ । यस उद्योगमा कार्यरत कर्मचारी एवम् मजदुर मध्ये ८४ प्रतिशत महिला कुन । कर्पोरेशनले गत आव ०७१र०७२ मा १,८४,१४० मे.ट्रन नून विक्री गरेको छ ।

नेपाल सरकार, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुर्गम क्षेत्रमा आयोडिनयुक्त नूनको आपूर्ति एवंम आयोडिनको कमिले हुने विकृतिको रोकथामको लागि साल्ट टेडिङले कर्पोरेशन लि  मार्फत  कण्ठरोग नियन्त्रण कार्यक्रम संचालन गरेको छ । वाणिज्य एवम् आपूर्ति मन्त्रालय अन्तर्गत संचलित कार्यक्रम मध्ये यो कार्यक्रम सबभन्दा सफल कार्यक्रमको रुपमा रहेको छ । दुर्गमका २२ जिल्ला सोलुखुम्बु, मनाङ, मुस्ताङ, रुकुम, जाजरकाट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, बझाङ बाजुरा, हुम्ला, दार्चुला, ताप्लेजुङ संखुवासभा, रोल्पा, दोलखा, सिन्धुपाल्चोक, धादिङ रसुवा, अछाम, गोरखाका ३४ स्थानमा दुर्गम क्षेत्रकै लागि बनाएको भानू नून पु-याएर कर्पोरेशनले दुर्गमका जनतालाई आयोडिनको कमिले हुने विकृतिबाट बचाएको छ । विगत छ वर्षको दुर्गम जिल्लामा नूनको ढुवानीको भौतिक प्रगति विवरण प्रत्येक वर्ष ९० प्रतिशत भन्दा बढी नै छ ।

13
कर्पोरेशनले आयो नून, शक्ति नून, तेज नून एवं भानु नून गरि चार ब्राण्डको नून नेपाली बजारमा बिक्री बितरण गर्दै आएको छ । सार्क राष्टहरुको तुलनामा नेपालमा बिक्री गरिने नूनको मूल्य सस्तो रहेको छ । विभिन्न समयमा गरिएको सर्वेक्षणबाट स्पष्ट हुन्छ कि नेपालमा आयोडिनको कमिले हुने विकृतिबाट अब कुनै पनि बालबालिका लुलो लंगडो, सुस्त मनस्थितिका जन्मने छैनन् । आयोडिन प्रत्येक व्यक्तिलाई नियमित नै चाहिने र हाल यसको कमिले हुने विकृति नदेखिए पनि आयोडिनको सेवन गर्न छोडिएको खण्डमा  पुनः देखापर्न सक्ने भएकोले आयोडिनको सेवन नियमित रुपमा गर्नुपदछ । देश र जनतालाई नून जस्तो अत्यावश्यक वस्तुको साथै जनस्वास्थ्यसंग प्रत्यक्ष सरोकार भएको आयोडिन समेत खुवाएर साल्ट टेडिङले देश र जनतालाई गरेको सेवाको सराहना गर्नैपर्छ । आयोडिनको कमिबा६ हुने विकृतिलाई नियन्त्रणमा ल्याउन सक्नुको मुख्य कारण नेपालमा आयोडिन नयुक्त नूनको बितरणा प्रणाली हो र यसप्रकारको बितरण प्रणालीलाई निरन्तरता दिनुपर्छ भन्ने आयोडिनको क्षेत्रमा कार्य गर्ने विज्ञहरुको राय छ ।  अन्य संस्थानहरु आर्थिक रुपमा घाटामा गई कारोवार समेत न्यून हुंदै गईरहेको अवस्थामा एउटा छुट्टै अस्तित्वका साथ संचालित साल्ट टेडिङ कर्पोरेशन लि स्थापनाकाल देखि नै प्राय प्रत्येक वर्ष आप्mना लगानीकर्ता शेयरधनीहरुलाई लाभांश एवं बोनस शेयर दिंदै आएको कारण कर्पोरेशनको व्यवस्थापन नेपालकै उत्कृष्ट भन्ने बुझिन्छ ।

(लेखक:  साल्ट ट्रेडिङ  लिमिटेडका डिभिजनल प्रमुख हुनुहुन्छ । )