मङ्लबार, बैशाख २५, २०८१

पत्रकार प्रधान अस्पताल भर्ना, सहयोगको लागि महासंघको अपिल

काठमाडौं भाद्र २५, नेपाल पत्रकार महासंघ सुनसरी शाखाका पूर्वसभापति याम प्रधान विगत लामो समयदेखि पेटसम्बन्धी रोगबाट पीडित भई हाल महाराजगञ्जस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत हुनुहुन्छ । दुईदशकभन्दा लामो समय पत्रकारिता क्षेत्रमा बिताएका पत्रकार प्रधानको पत्रकारिताबाहेक आयआर्जनको अन्य कुनै स्रोत नहुँदा अहिले उपचारमा release 25 bhadraआर्थिक समस्या परिरहेको छ । शिक्षण अस्पतालमा उपचाररत प्रधानको स्वास्थ्य अवस्थाबारे महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, उपाध्यक्ष अनिता बिन्दूले भेटेर जानकारी लिनु भएको महासंघद्दारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै महासङ्घका कोषाध्यक्ष गौतमद्दारा जारी विज्ञप्तिमा “पत्रकार प्रधानको जीवन बचाउनका लागि सहयोगी हात बढाउन सबैमा अनुरोध गर्दै शुक्रबार महासचिव उजिर मगर र कोषाध्यक्ष सूर्यमणि गौतमले भेटर प्रधानको उपचारका लागि महासंघ केन्द्रको तर्फबाट रु. २० हजार सहयोग हस्तान्तरण गरेको उल्लेख गरिएको छ । साथै महासंघले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै थप उपचारको व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष माग गर्नुको अलावा महासंघले जिल्ला शाखा प्रतिष्ठानशाखा सदस्य तथा अन्य सह्दयी व्यक्तित्वमा श्रमजीवी पत्रकारको जीवन बचाउन सहयोगी हात बढाउन अपिल गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031