शुक्रबार, बैशाख १४, २०८१

प्रेसमाथिको प्रतिबन्धात्मक शब्दावली हटाउनुपर्ने माग गर्दै राजधानीमा महासंघको खवरदारी सभा

काठमाडौ भाद्र २५, नेपाल पत्रकार महासंघको अगुवाइमा आज राजधानीमा संविधानको मस्यौदामा प्रेस स्वतन्त्रतासम्बन्धी प्रतिबन्धात्मक शब्दावली हटाउनुपर्ने माग गर्दै धर्ना सहित खवरदारी सभाको आयोजना गरिएको छ । बबरमहलस्थित सडक विभाग परिसरमा आयोजना गरिएको उक्त धर्नासभालाई सम्बोधन गर्दै महासङ्घका सभापति डा महेन्द्र विष्टले प्रेसको FNJ-logo-300x2461विषयमा सञ्चारकर्मी तथा पत्रकारले संविधानसभाका अध्यक्ष, विभिन्न पार्टीका नेतृत्वलाई बुझाउँदा पनि कुनै सुनवाइ नभएको आपत्ती प्रकट गर्दै महासंघको तर्फबाट प्रस्तुत सुझावलाई समेटेर संविधान जारी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिव माधव नेपाल ,क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्य, आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष दण्ड गुरुङलगातयले पनि सोअि आशयको अर्थात संविधानमा पूर्ण प्रेस स्वतन्त्रता नै उल्लेख गर्नुपर्नेमा आआफेनो अभिमत प्रस्तुत गर्नु भएको थियो ।