काठमाडौ भाद्र २३, सनातन हिन्दू राष्ट्रको माग गर्दै राष्ट्रिय हिन्दू युवा मञ्चले विगत नौ दिनदेखि राजधानीको खुलामञ्चमा जारी राखेको आमरण अनशन तोड्न सरकारले आग्रह गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री डा.मीनेन्द्र रिजालले आज अनशन स्थल पुगी प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट अनशनकारीलाई अनशन तोड्न आग्रह गर्नुभएको हो ।
मन्त्री डा रिजालले संविधान लेखन कार्य अन्तिम चरणमा पुगेको र संविधान आवश्यकताअनुसार परिमार्जन गर्न सकिने जिकिर गर्दै संविधानका कारण कसैले पनि धार्मिक आस्था परिवर्तन गर्न नपर्ने बताउँदै उहाँले यही कुरालाई मनन गरी अनशन तोड्न आग्रह गर्न आएको बताउँनु भएको थियो । तर सरकारले हिन्दू राज्य कायम गर्ने सुनिश्चितता नगर्दासम्म राष्ट्रिय हिन्दू युवा मञ्चले आयोजना गरेको आमरण अनशन नतोडिने जनाउँ दिएको प्राप्त समाचारमा उलल्लेख गरिएको छ ।