बुधबार, बैशाख १२, २०८१

अराजक स्थितिलाई नियन्त्रणमा लिन बाध्य भएर  बल प्रयोग गर्नु परेको गृहको प्रष्टोक्ती

काठमाडौ भाद्र २३, संयुक्त मधेसी मोर्चाको नेतृत्वमा भइरहेको आन्दोलनमा प्रहरीले आत्मरक्षा र अराजक स्थितिलाई नियन्त्रण गर्न बल प्रयोग गर्नुपरेको जनाएको छ । सीमाङ्कनको विषयलाइ लिएर तराई मधेसमा जारी आन्दोलनमा स्थिति असहज भएपछि प्रहरीद्वारा चलाइएको गोली लागेर आज चारजना प्रदर्शनकारीको मृत्यु भएको घटना सम्बन्धमा प्रष्टोक्ति pressदिदै मन्त्रालयले प्रस्तुत अभिव्यक्ति दिएको हो ।

मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालद्वारा आज साँझ जारी विज्ञप्तिमा प्रदर्शनकारीले पूर्व पश्चिम राजमार्ग खण्डमा रुख ढाल्ने, ढुङ्गामुढा थुपारेर सडक अवरुद्ध गर्ने र प्रहरीमाथि ढुङ्गा प्रहार गरी स्थितिलाई तनावग्रस्त बनाएपछि प्रहरीले आत्मरक्षा र उग्र स्थितिलाई नियन्त्रणमा राख्न बाध्य भई बल प्रयोग गर्दा पोर्ताहा–१ बस्ने रामकृष्ण राउतको मृत्यु हुन गएको छ” – विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा महोत्तरीमा मोर्चाका अराजक, उत्तेजक र नेतृत्वविहीन बन्दकर्ताले जिल्ला न्यायाधीशको निवासमा आगजनी तथा जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेको गर्नुको अलावा विराटनगर रानीस्थित सीमावर्ती भन्सार कार्यालय नजिकको प्रहरी बिटमा बन्दकर्ताले तोडफोड गर्न खोजेको र पाँचजना सुरक्षाकर्मीमाथि पेट्रोल छर्की आगो लगाउन खोज्दा सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको मन्त्रालयले स्पष्ट पारेको छ