बुधबार, बैशाख १२, २०८१

कोइराला नेतृत्व सरकारका तीन मन्त्रीद्दारा सम्पत्ति विवरण सार्वजनिक

काठमाडौ भाद्र २३,  काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा सहभागी मन्त्रिपरिषद्का तीन सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को 1 2 downloadकार्यालयमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । यसरी सम्पत्ति विवरण सार्वजनिक गर्नु हुनेहरुमा वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य , शिक्षामन्त्री चित्रलेखा यादव र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारी रहेका छन ।

मन्त्रीत्रयले प्र्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पति विवरणमा क्रमस मन्त्री आचार्यले उहाँकै नाममा विराटनगरमा तीन कठ्ठा जमिन र साढे दुई तले घर, मीना आचार्यको नाममा काठमाडौँमा छ आना दुई पैसा जमिन र साढे दुई तले घर र सोपान आचार्यको नाममा मोरङमा १५ हजार ४५३ वर्गमिटर जग्गा सहित चल सम्पत्तिमा सुनका सिक्का, बाला, चुरा, नेकलेश, चाँदीका थाल, करुवा र प्लेट रहेका छन् । मन्त्री आचार्यका नाममा विभिन्न बैंकमा नगद तथा बैंकका सेयरमा लगानी रहेको उल्लेख गर्नु भएको छ ।

त्यस्तै गरि शिक्षामन्त्री चित्रलेखा यादवले पेस गर्नुभएको विवरणमा सिराहा र ललितपुरका विभिन्न क्षेत्रमा जमिनका साथै एक गाडी र मोटरसाइकल, सुनचाँदी गरगहना, सेयरमा लगानी र विभिन्न बैंकमा नगद रहेको उल्लेख छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले सम्पत्ति विवरणमा आफ्नो नाममा पोखरा, काठमाडौँ र धादिङमा केही जमिन रहेको जनाउनुका साथै सुनचाँदी, गरगहना, सेयरमा लगानी र विभिन्न बैंकमा नगद रहेको उल्लेख गर्नुभएको छ ।