बुधबार, बैशाख १९, २०८१

परिमार्जित विधेयकमाथि संशोधन प्रस्तावको प्रस्तुति आज पनि जारी रहने

काठमाडौ भाद्र २३ , संविधानको परिमार्जित विधेयकमाथि संविधानसभाको बैठकमा आज मगलवार देखि सुरु भएको संशोधन प्रस्ताव प्रस्तुतिको त्रलम आज पनि जारी रहने भएको छ । संविधानसभा सचिवालयका अनुसार विधेयकमाथि दर्ता भएको ५४ जना सभासद्को संशोधन दर्ता प्रस्तावमध्ये पहिलो नम्बरमा संशोधन प्रस्ताव दर्ता गराउनुभएका समाजवादी जनता sambidhan-masyauda-2072पार्टीका प्रेमबहादुर सिंहले सहमतिका आधारमा संविधान जारीका लागि एकताबद्ध हुन आग्रह गर्दै विभिन्न धारामा आफ्नो ४५ बुँदे संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा लोकतान्त्रिक आन्दोलनमा माग नगरिएको धर्म निरपेक्षतालाई विधेयकमा राखिएकाले मुलुकमा नयाँ द्वन्द्व निम्तिनसक्ने पक्षतर्फ सकेत गर्दै प्रस्तावित ५ नं प्रदेशअन्तर्गत एकीकृत नवलपरासीसहित बर्दियासम्मको अर्काे प्रदेश बनाउन सकिएमा विद्यमान समस्याको समाधान हुने प्रस्ताव गर्नुभएको थियो ।

संविधानसभा सचिवालयका अनुसार संविधान विधेयकमाथि परेका संशोधन क्रमैसंग प्रस्तुत भएपछि संशोधन र विधेयकका दफामा एकमुष्ट छलफल हुनेछ । संविधानसभाध्यक्ष सुवास नेम्वांगले संशोधन दर्ता गराएका सभासद्लाई आफ्नो संशोधन पेश गर्न ७ र छलफलमा भाग लिने सभासद्लाई ५ मिनेट समय दिएका छन् ।

त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापाले राष्ट्रिय झण्डा, राष्ट्रिय जनावर परिवर्तनको गर्न सोही पार्टीका सिमाकुमारी विकले सरकारी कामकाजको भाषा परिवर्तन गरिनुपर्ने, लोकसेवा आयोगका काम कर्तव्य, निर्वाचन आयोगको प्रमुख तथा अन्य आयुक्तको नियुक्ति गर्दा समावेशी नीति अपनाउनुपर्ने वताउनु पर्नेमा जोड दिनु भएको थियो ।

 मगलवारको छलफलमा दलित जनजाति पार्टी, नेपाः राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशी लगायतका सात जना सभासद्ले संविधानको परिमार्जित विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । आज बाँकी परिमार्जित विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत हुँने संविधानसभा सचिवालयले जनाउँदै संविधानसभाको बैठक आज बिहान १०ः३० बजे बस्ने जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031