शनिबार, बैशाख ८, २०८१

संविधानसभाको बैठक : संविधानको परिमार्जित विधेयकमाथि दफावार छलफल हुँदै

असन्तुष्ट  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्दारा संविधानसभाको बैठक बहिष्कार

काठमाडौं भाद्र २२,  संविधान परिमार्जित विधेयकमाथि दफारवार छलफलको लागि संविधानसभाको बैठक जारी रहेको र बैठकमा सभासद्हरुले बोल्ने क्रम सुरु भईसकेको छ । यसअघि bicc-1 आज ११ बजेका लागि बोलाइएको संविधानसभाको बैठक आबश्यक तयारी नपुगेको भन्दै २ बजेसम्का लागि स्थगन गरि अपरान्हबाट मात्र  सुरु भएको हो । आजको बैठकमा विशेषत मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संसोधन प्रस्तावमाथीको दफावार छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरे लगत्तै  उक्त प्रस्ताव बहुमतले स्वीकृत  गर्दै  संसोधन प्रस्ताबमाथि छलफल सुरु गरिएको हो ।

बैठकमा संसोधन प्रस्ताव राख्ने सभासदहरुले संसोधन प्रस्तावमाथीको औचीत्यबारे आफ्नो धारणा राख्ने र अन्य सभासदहरुले समेत बोल्न चाहेमा बोल्न पाउने व्यवस्था मिलाइएको छ । स्मरण रहोस परिमार्जित विधेकमाथि ५६ वटा संसोधन प्रस्ताव दर्ता भएका छन ।  सभाध्यक्ष नेम्वाङले संशोधनकर्ता सभासदलाई आफ्नो संशोधन पेश गर्न ७ मिनेट र छलफलमा भाग लिने सभासदलाई ५ देखि ७ मिनेटको समय सिमा निर्धारण गरिएको छ ।

यसैवीच आजको  बैठक सुरु हुनासाथ  प्रमुख दलको संशोधन प्रस्तावप्रति असन्तुष्ट  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका तर्फबाट तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्रराय यादव ,सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटका रुक्मिणी चौधरी लगायतले संविधानसभाको बैठक बहिष्कार गर्नुभएको छ ।