मङ्लबार, बैशाख २५, २०८१

जिल्ला अध्यक्षमाथि भएको आक्रमणको प्रेस युनियनधारा भत्र्सना ,आक्रमणकारीलाई कारवाहीको माग

सञ्चारकर्मीलाई निर्वाध समाचार संकलन, प्रकाशन र प्रसारणमा सहयोग गर्न तथा आवातजावतमा समेत कुनै वाधा व्यवधान सिर्जना नगर्न माग

काठमाडौं  भाद्र १५ , देशका विभिन्न भागमा भएका जारी आन्दोलनका क्रममा नागरिकलाई सूसुचित गर्न समाचार संकलनमा खटिएका सञ्चारकर्मी एकपछि अर्को गर्दै सुरक्षाकर्मी र आन्दोलनकारीको आक्रमणमा परेको घटनाले नेपाल प्रेस युनियन गम्भिर भएको जनाएको छ। समाचार संकलन तथा कार्यालयको काममा रहेका सञ्चारकर्मीलाई काममा निर्वाध समाचार संकलन तथा आवातजावत गर्न सहयोग गर्नुपर्नेमा आज झापामा प्रेस युनियनका जिल्ला अध्यक्ष एवम् Nepal-Press-Union_20140908050041नेपाल पत्रकार महासङ्घ झापाका पूर्वसभापति समेत रहेका कृष्ण हुमागार्इँलाई लिम्बुवान पार्टी नेपालका कार्यकर्ताले कुटपिट गरी घाइते बनाएको घटनाको घोर भत्र्सना गरेको छ ।

पूर्वका नौ जिल्ला बन्दको आह्वान गरेको सङ्घीय लिम्बुवानका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै पत्रकार हुमागाईलाई संघीय लिम्बुवान पार्टी नेपालका कार्यकर्ताले पत्रकार परिचयपत्र देखाउँदा देखाउँदैपनि भौतिक आक्रमण गरेकोमा संघीय लिम्बुवान पार्टीको उक्त रवैयाको कडा शब्दमा निन्दा गर्दै नेपाल प्रेस युनियनले आक्रमणकारीहरुलाई तत्काल पक्राउ गरि कडा कार्वाहीको लागि माग गरेको छ ।

त्यस्तै नेपाल प्रेस युनियनका महासचिव जयबाबु शिवाकोटीद्दारा जारी प्रेस विज्ञप्तिमा झापा बिर्तामोडबाट प्रकाशित अर्जुनधारा दैनिकका सम्पादक, कृष्ण हुमागाईलाई लिम्बुवान कार्यकर्ताले मोटरसाइकलबाट लडाएर लाठा, लात्ती र हेलमेटले कुटपिट गरिरहँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीका लगभग एक सय भन्दा बढी प्रहरी मुकदर्शक भएको घटनाले समस्त पत्रकारिता जगतप्रति आन्दोलनका नाममा संघीय लिम्बुवान पार्टीको अराजक हर्कत र सुरक्षा दिन बसेको राज्यको निकायको गैरजिम्मेवार व्यवहार उदाङगिएको जनाएको छ ।

साथै युनियनले घाइते पत्रकार हुमागाइको स्वास्थ्यलाभको कामना गर्दै उहाँको उपचारमा लाग्ने सबै खर्च व्यहोर्न सरकारसँग माग गरेको छ ।          यसैवीच कपिलवस्तुमा मधेशी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीहरु बीच भएको भिडन्तका क्रममा समाचार संकलनका लागि गएका संचारकर्मीलाईनै लक्षित आक्रमण भएको घटनाकाृ प्रति समृेत गम्भिर ध्यानाकर्षण भन्दै प्रेस यूयिनयनले कपिलवस्तुका सभापति तथा एभिन्यूज टेलिभिजनका संवाददाता गोपाल भण्डारीलाई प्रेस ज्याकेट लगाएको र क्यामेराबाट दृश्य संकलन गरिरहेको अवस्थामा सुरक्षाकर्मीहरुले दर्जनौं पटक ढुंगा प्रहार गरेको त्यस्तै सगरमाथा टेलिभिजनका संवाददाता तथा नेपाल प्रेस यूनियनका केन्द्रिय पार्षद रमेश मिश्रमाथि ढुंगामुढा गर्दै सुरक्षाकर्मीले बन्दुक तेस्याएर गोली हान्ने धम्की दिएको घछनाकाृे स पनि निन्दा गर्दै सुरक्षाकर्मीको यस्तो गैरजिम्मेवारपूर्ण आक्रमण र व्यवहारका कारण युनियन अन्त्यन्तै दुखी भएको जनाएको छ। यसैगरि नेपाल प्रेस युनियन यसै वक्तव्य मार्फत आन्दोलनकारी सबै पक्षलाई नागरिकलाई सूसुचित गर्ने स्वतन्त्र प्रेस र यसमा कार्यरत सञ्चारकर्मीलाई निर्वाध समाचार संकलन, प्रकाशन र प्रसारणमा सहयोग गर्न तथा आवातजावतमा समेत कुनै वाधा व्यवधान सिर्जना नगर्न माग माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031