मङ्लबार, बैशाख ११, २०८१

पत्रकारमाथि भौतिक आक्रमण गर्ने प्रवृत्ति बढ्दै गएकोमा महासंघको ध्यानाकर्षण

कोहलपुरबाट  सञ्चालन हुँदै  आएको पाँच दैनिक पत्रिका र दुई एफएम बन्द गर्ने निर्णय 

काठमाडौं भाद्र १७ , पछिल्लो समय मुलुकका विभिन्न भागमा जारी आन्दोलनका क्रममा पत्रकारमाथि भौतिक आक्रमण, धम्की, दुव्र्यवहार र सञ्चारमाध्यमलाई अवरुद्ध गर्ने प्रवृत्ति बढ्दै गएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
17 bhadra

महासंघका महासचिव उजिर मगरद्दारा आज जारी प्रेस विज्ञप्तिमा बाँके शाखाका अनुसार करिव ३ साता यतादेखि   निरन्तर जिल्ला बन्द गर्दै आएका संयुक्त थरुहट मधेस सङ्घर्ष भाद्र १६ गते थरुहट संयुक्त संघर्ष समितिका कार्यकर्ताले कोहलपुरबाट प्रकाशित हुने मिसन टुडेका पत्रकार विनोद पौडेल र रेडियो प्रतिबोधका पत्रकार पुजन विश्वकर्मालाई पत्रिकाको कार्यालयमा गएर कुटपिट गर्नुको अलावा सञ्चारमाध्यम जलाउने समेत धम्की दिएका कारण कोहलपुरमा सञ्चालनमा रहेका प्रतिरोध र कोहलपुर एफएमको प्रसारण र मिसन टुडे दैनिक, पिपलबोट दैनिक, मार्गरेखा, कोहलपुर टाइम्स र न्यूज नमस्ते गरी पाँच पत्रिकाको प्रकाशन अनिश्चितकालका लागि बन्द गर्न बाध्य भएको शाखाले जानकारी गराएको उल्लेख  गरिएको छ ।

त्यस्तै महासंघले यो वा त्यो बहानामा लोकतन्त्रको आधारस्तम्भ प्रेस जगतलाई आतङकित पार्ने, पत्रकारलाई कुटपिट गर्नेमाथि कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षा तथा सञ्चारमाध्यमको निर्वाध प्रकाशन÷प्रसारणको वातावरण मिलाउन सरकार र सम्वद्ध सबैलाई हार्दिक आहृवान गरेको छ ।