बुधबार, बैशाख २६, २०८१

नियमन निकायको मौनताका कारण राजमार्गका होटलमा यात्रु लुटिदै

रविना मर्हजन / काठमाडौं भाद्र २,  प्रसंग हो म आफैँ पोखरा जाँदा आउँदाको। रु २५ पर्ने कोकको मैले रु ५० तिर्नुपर्यो। शिक्षित भएकै कारण मूल्यदरको बारेमा किन यति फरक भनेर जान्न पनि खोजेँ तर उल्टो फुर्तीका साथ राजमार्ग हो, किन नपाइनु र  भन्ने जवाफ पो दिए त।यसैबाट प्रष्ट हुन्छ कि राजमार्गका होटलको लापरबाही दिन प्रतिदिन बढ्दै गएको ।उत्साह बोकि परिवार भेट्न, चाड्पर्व मनाउन या भनौँ IMG_7752 SAM_4869-Copyकाम विशेषले लामो दुरीको यात्रा गर्नुपर्ने यात्रुहरु नचाहेर पनि ठगिनुपर्ने बाध्यता रहेको छ।

लामो दुरीको यात्रा,भोक लागेपछी खाना खानै पर्यो।अस्वस्थकर खाना,त्यसमाथी चर्को मुल्य ।खानामा अत्यधिक सोडा, ,चार पाँच दिन अघि देखिका तरकारी अनि मासु पकाउने गरेको स्पष्ट देखियो।पकाउने भाँडाकुँडा देखि लिएर खाना खाने थाल ,भान्छा घर पनि निकै नै फोहोर त्यसमाथी चर्पी छेउमा भान्छाघर भएपछि कसरी स्वस्थकर खाना खान पाओस् र यात्रुहरुहरुले रुअझ तिनै अस्वस्थकर खानाका मूल्य पनि अत्यधिक भएपछी त यात्रुहरु शिधै मारमा पर्ने नै भए।

यसरी जथाभावी मूल्य निर्धारण गर्न त भएन नि भन्ने प्रश्न गर्दा उल्टै झगडालु पारामा झम्टिन पो खोज्छन् त्यहाँका होठल साहजी ।होटल बाहिरका पसलहरुमा बेच्न राखिएका पेय पदार्थ,पानी ,चाउचाउ ,बिस्कुटका मूल्य पनि लगभग दोब्बर जस्तै भेटियो।दुई चार रुपैयाँ बढी लिनु राजमार्गजस्तो ठाउँमा ठिकै होला तर झण्डै दोब्बर पर्ने गरि जथाभावी वस्तुहरुको मूल्य निर्धारण गर्ने अधिकार कसले दिए होटल अनि पसल व्यवसायीहरुलाई ?

कुनै बेला होटलको छानविन गरिएका पनि थिए क्यारे । हाल आएर त्यस कामले किन निरन्तरता पाउन छोड्यो त्यो आफैमा अन्यौलको विषय भएको छ । जनता जताबाट पनि ठगिनै पर्नेरु रु नयाँ नयाँ नितिनियम अनि कार्यक्रम ल्याइन्छन् तर केही समयपछि सेलाएर जान्छन् ।आशा छ छिटै नै राजमार्ग छेउछाउमा रहेका होटलमा सुलभ मूल्य तालिका देख्न पाइनेछ,स्वस्थकर खाना प्राप्त गर्न पाइनेछ,होटल व्यवसायीका बोली अनि व्यवहारमा पनि सभ्यता झल्किने छ। यसका लागि उपभोक्ता स्वास्थलाई केन्द्रमा राखी आवश्यक नितिनियम,कार्यक्रम ल्याउनु सम्बन्धित निकायको पहिलो प्राथमिकता देखिन्छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु