मङ्लबार, बैशाख ४, २०८१

आज राजधानीमा सार्क अर्थमन्त्रीस्तरीय ७ औ बैठक हुँदै

काठमाडौ भाद्र ३, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको अर्थमन्त्रीस्तरीय ७ औ बैठक आज राजधानीमा हुँदैछ । अठारौं सार्क saaf_chyampionshipशिखर सम्मेलन, नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रियदाता सम्मेलन पछि हुन गईरहेको प्रस्तुत बैठकको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्नुहुने र अध्यक्षता अर्थमन्त्री डा रामशरण महतले गर्नुहुने भएको छ ।

त्यस्तै प्रस्तुत बैठकमा आर्थिक एवम् सामाजिक क्षेत्रका साझाको मुद्दा लगायत सार्कका सदस्य राष्ट्रबीचमा आर्थिक गतिविधिमा कसरी सहयोग आदानप्रदान गर्न सकिन्छ भन्ने विषय र छैटौँ बैठकमा भएका निर्णय तथा सुझावको कार्यान्वयनको अवस्थाका विषयमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा नेपालका तर्फबाट अर्थमन्त्री डा महत, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, अर्थ सचिव सुमनप्रसाद शर्मा, परराष्ट्र सचिव शङ्करदास बैरागीलगायतको प्रतिनिधि मण्डलको सहभागिता रहनेछ बताइएको छ ।