मङ्लबार, बैशाख २५, २०८१

दुखको साथी..

Image4

– गौतम डंगोल “सन्देश”

तिमी त मेरो जीवन दुखेको बेलाको साथी
सुख जति अन्तै भुलेको बेलाको साथी
तिमी त मेरो जीवन दुखेको बेलाको साथी

एउटै साथी
तातो तातो धमीलो पानीले म भिजेको बेलाको साथी
आँशु पुछेको साथी
म रुँदा संग संगै रोएको साथी
तिमी त मेरो आत्मा जलेको बेलाको साथी
म जलेको आगो सबले तापेको बेला जलेको साथी
तिमी त मेरो जीवन दुखेको बेलाको साथी

एउटै साथी
बेहोशीमा म ढलेको बेला सहारा बनेको साथी
मैले टेकेको लाठि
धक्का दिएर सबले लडाउँदाको साथी
तिमी त मेरो निराशाले उचाई छोएको बेलाको साथी
म मरेको खबरले सब हाँसेको बेला रोएको साथी
तिमी त मेरो जीवन दुखेको बेलाको साथी

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु