काठमाडौ आषाढ ३१, जनताको सुझाव सङ्कलनका लागि स्थानीय तहमा पुगेको संविधानको पहिलो मस्यौदामा हालसम्म तीन हजार ५०० भन्दा बढी सुझाव प्राप्त भएको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले जनाएको छ । समितिले आज सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरेर टोल फ्री नम्बरबाट एक हजार ५० र वेभसाइटमार्फत एक हजार ५०० सुझाव प्राप्त भएको जानकारी दिएको हो ।
त्यस्तै सम्मेलनमा इमेलबाट एक हजार ११० तथा फ्याक्सबाट २८ वटा र हुलाकमार्फत सचिवालयमा १६ वटा सुझाव प्राप्त भएका छन् । वेभसाइटबाट प्राप्त भएका सुझावमध्ये विदेशबाट प्राप्त ५४३ सुझाव रहेका भन्दै प्राप्त भएका सुझावलाई प्रतिवेदनको ढाँचामा वर्गीकरण गर्ने कार्य आजैदेखि सुरु गरिएको समितिका सभापति प्रमिला राणाले जानकारी ििदनु भएको छ ।
त्यस्तै समितिले आगामी श्रावण ४ र ५ गते सञ्चालन हुने सुझाव सङ्कलनमा जनताको व्यापक सहभागिता हुने भन्दै समितिले संविधान निर्माणको महत्वपूर्ण कार्यमा सहभागी हुन जनतामा आह्वानसमेत गरेको छ । समितिले नेपाल राजपत्रमा पाँच हजार, संविधानको मस्यौदा पुस्तकका रूपमा दुई लाख, मस्यौदाको विशेषता एक लाख र मस्यौदाको पूर्ण अंश गोरखापत्रमा दुई लाख ५० हजार छपाइ गरी कुनै न कुनै रूपमा स्थानीय तहसम्म पु-याएको छ ।