बिहिबार, बैशाख २०, २०८१

आज धान दिवस मनाउँदै,दहीच्युरा खाँदै

काठमाडौ अषाढ १५, आज अषाढ १५ गते राजधानीलगायत देशका विभिन्न स्थानमा धान दिवस धान रोपाइँ गरी मनाइँदैछ । यो दिवस विशेषगरि संयुक्त राष्ट्रसङ्घले सन् १९६६ लाई भोकमरीबाट मुक्त भन्ने नारासहित धानबालीलाई वर्ष बालीको रूपमा मनाउने घोषणा गरे अनुरुप नेपालले पनि विसं २०६२ देखि असार १५ लाई धान दिवसका रूपमा मनाउ सुरु गरेको हो ।   आजका दिनलाई रोपाई महोत्सवका रुपमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रुपमा रुपमा आज अधिकांस स्थानमा रोपाई गरि  आज  १३ औ  राष्ट्रिय धान दिवस मनाइँदैछ ।

कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरि यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरि दहि चिउरा खाने भएकाले आजका दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरु बताउँछन् ।  धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन वृद्धि हुँदा कूल गार्हस्थ्य उत्पादनमा टेवा पुग्छ । घट्दा आर्थिक स्थिति घट्छ । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ । आजका दिन राजधानीको खुमलटारमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ भने पोखरामा समेत विदेशी पर्यटनहरुको उपस्थितिमा बिशेष रोपाई गरिदैछ । यसवर्ष मनसुन शुरु भइसकेकाले मुलुकका अधिकांस स्थानमा रोपाई शुरु गर्ने तयारी छ । सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुदै आएको छ ।