आइतवार, बैशाख २३, २०८१

जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानान्तरण गरिने

मन्त्रिपरिषद्को बैठक: 

काठमाडौं अषाढ १४, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले वर्षायामलाई ध्यानमा राखी भूकम्पपीडित क्षेत्रका जोखिमयुक्त बस्तीमा बसोबास गर्दै cabinetआएका नागरिकलाई तत्कालका लागि सुरक्षित स्थानमा अस्थायी बसोबास गराउने तयारी सम्बन्धी आवश्यक निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनु भएको छ ।

साथै उहाँले यसको लागि गृह, सङ्घीय मामिला तथा स्थानीय विकास र सहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय भएको जानकारी दिनुको अलावा दुग्ध विकास संस्थानको सञ्चालक समितिको अध्यक्षमा खिमबहादुर थापालाई तोक्ने निर्णय भएको जानकारी दिनु भएको छ ।