बिहिबार, बैशाख २०, २०८१

दातृ सम्मेलनको तयारी सम्बन्धमा सरकार र दलहरुहरूबीच छलफल

काठमाडौ आषाढ ८,   विहीवार राजधानीमा  १० गते हुने अन्तर्राष्ट्रिय दातृ सम्मेलन सम्बन्धमा सरकारमा रहेका र सरकार बाहिर रहेका दलहरुहरूबीच आज छलफल भएको छ ।  छलफलमा प्रधानमन्त्री सुशील कोइरालाले दातृ सम्मेलन सम्बन्धमा भइरहेका तयारीबारे जानकारी गराउनुभएको थियो । छलफलका लागि आयोजित बैठकमा प्रधानमन्त्री कोइरालासहित सरकारका मन्त्रीहरुहरू, एमाओवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम nepal-government-logoभट्टराई, नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी तथा राजनीतिक दलका नेताहरुहरूको सहभागिता रहेको थियो ।

बैठकपछि अर्थमन्त्री डा रामशरण महतले सम्मेलनका लागि भइरहेको तयारीको जानकारी गराउँदै छलफलमा सहभागी व्यक्तिहरुबाट सुझावहरुहरू लिइएको बुझिएको छ ।    परराष्ट स्रोतका अनुसार दातृ सम्मेलनका हालसम्म विभिन्न ५३ राष्ट्र एवम् संस्थाका २२३ जना विदेशी अतिथीहरु आउने निश्चित भइसकेको  बुझिएको  छ ।  त्यस्तै दातृ सम्मेलन अगावै पुनःनिर्माणलगायतका कुराका लागि संस्थागत निर्णय आवश्यक रहेका कारण ‘भूकम्प प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी अध्यादेश–२०७२’ समेत जारी भईसकेको छ।