बिहिबार, बैशाख २०, २०८१

झर्लाङ पुगेका प्रम कोइरालाले भने- जनताको सुरक्षा गर्न सरकार चिन्तित छ

धादिङ अषाढ ७, प्रधानमन्त्री सुशील कोइरालाले जनताको सुरक्षा गर्न र निरन्तर राहत उपलब्ध गराउन सरकार चिन्तित रहेको बताउँदै धादिङको झर्लाङ स्थित पाँच विकट गाविसलाई प्राथमिकता दिन सरकार लागिपरेको बताउनु भएको छ । नेपाली सेनाले आयोजना गरेको राहत सामग्रीसमेत वितरण कार्यक्रमा  बोल्दै प्रम कोइरालाले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

प्रधानमन्त्रीले कोइराला उपप्रधानमन्त्री वामदेव गौतम र प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पा, प्रधानसेनापति गौरवशमशेर जबरा सहित आज त्यहाँ पुग्नुभएको थियो । सो अवसरमा सरकारका तर्फबाट केही राहत सामग्रीसमेत वितरण गरिएको थियो ।  फोटा्े: युपी लामिछाने