शुक्रबार, बैशाख २१, २०८१

२७ बुँदे साझा सङ्कल्प प्रस्ताव आज पारित गरिदै ,सरकार प्रति सर्वत्र असन्तुष्टि

काठमाडौ वैशाख २९,  गत बैशाख १२ गतको महा विनासकारीभूकम्पबाट आहत बनेका जनताको राहात तथा पुनःस्थापना गर्न व्यवस्थापिका संसद्को बैठकमा प्रस्तुत २७   बुँदे साझा सङ्कल्प प्रस्ताव माथिको छलफल आज पनि जारी रहने भएको छ । बैठकमा प्रस्ताव माथि सभासदहरुले बोल्ने क्रम नसकिएका कारण सङ्कल्प प्रस्तावको कार्यान्वयनको प्रसङगमा सभासदहबाट अभिव्यक्त सुझाव पछि प्रस्ताव पारित गर्ने कार्यतालिका रहेका संसद सचिवालयले जनाएको छ ।

सोमबारको बैठकमा बोल्न अधिकाश सभासदहरुले प्रस्तावको प्रभावकारी कार्यान्वयनका लागिे राष्ट्रिय सहमतिको सरकार गठनको माग गर्दै गृह मन्त्रालयबाट प्रस्तुत क्षतिको विवरणमा केही त्रुटि रहेको भन्दै मन्त्रालयको ध्यानकर्षण गराएको थियो भने तत्कालिन विपत्तिबाट पार पाउन केही रकम समेत उपलब्ध गराउनु पर्ने सुझाव दिदै सकारले बनाउने राहात वितरणको संयन्त्रणको सभासदको भूमिका पनि समेट्न सभासदहरुले माग गरेका छन् । ।

यसैवीच मुलुकका नेताहरु राहत पूर्नस्थापनाभन्दा पनि बैठकका लागि बैठकमा सिमित रहेको र भूकम्प प्रभावित क्षेत्रका जनता विगत १८ दिनदेखि भयआक्रान्त हुँदै जिवन गुजारागर्दै गर्दापनि राहात र उद्धारमा रकारले खासैचोनदिएकोमा सरकार प्रति सर्वत्र असन्तुष्टिका लहर सिर्जना हुँदै गईरहेको छ ।