बिहिबार, बैशाख २०, २०८१

सहमति कार्यान्वयन नभए आन्दोलन

काठमाडौ बैशाख ९,   निजी विद्यालयले नयाँ शैक्षिक सत्रका लागि बढाएको शुल्क १५ दिनभित्र फिर्ता गर्नुपर्ने माग सहित आन्दोलित हुँदै आएको संयुक्त विद्यार्थी सङ्गठन तथा शिक्षा मन्त्रालयवीच गत वैशाख ६ गते निजी  विद्यालयमा भएको मनोमानी शुल्कवृद्धि फिर्ता गर्ने गराउँने प्रसङगमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले निजी विद्यालयले बढाएको शुल्क फिर्ताको माग गर्दै संयुक्त आन्दोलन सुरु गरेपछि यसवीचमानै शिक्षा मन्त्रालयसङग भएको १० बुँदे सहमति भएको थियो ।

तर सहमति भएपनि कार्यान्वयनकोपक्ष फितलो भएको ठहर गर्दै अखिल क्रान्तिकारीको कार्यलय बागबजारमा आज बसेको संयुक्त बैठकले शुल्क बृद्धि फिर्ता गर्ने निर्णय नमान्ने विद्यालयको दर्ता खारेज गर्न माग गर्दै सरकार र विद्यार्थी संगठनहरुबिच भएको सहमति कार्यान्वयन गर्न माग गरेको हो ।

त्यस्तै बैठकले मङ्गलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तीन महिनाभित्र गराउनका लागि त्रिभुवन विश्वविद्यालयलाई आदेश दिएको प्रति सम्पूर्ण विद्यार्थी सङ्गठनले स्वागत गरेको बताउँदै जाजरकोटमा फैलिएको माहामारी तत्काल नियन्त्रणमा लिन आवश्यक सम्पूर्ण कदम चाल्न सरकारको विशेष ध्यानकर्षण सहित अदालतको आदेशको सम्मान गर्दै स्ववियु निर्वाचनको वातावरण बनाउँन त्रिविविको समेत ध्यानाकर्षण गरेको नेपाल विद्यार्थी सङ्गठनका प्रवक्ता युपी लामिछानेले बताउँनु भएको छ ।