मङ्लबार, बैशाख २५, २०८१

वीरगञ्जमा पत्रकारितामा लैङ्गिक समानता र पत्रकारहरूको सुरक्षा विषयक कार्यशाला

वीरगञ्ज चैत्र २२,  नेपाली पत्रकारितामा लैङ्गिक समानता र पत्रकारहरूको सुरक्षा  विषयक क्षेत्रीय कार्यशाला गोष्ठी आजदेखि वीरगञ्जमा सुरु भएको छ । आदिवासी जनजाति पत्रकार महासङ्घको आयोजना एवम युनेस्कोको सहयोगमा आयोजित उक्त कार्यशालाको मुख्यलक्ष्य भनेको समावेशीकरण र व्यावसायिक तथा सुरक्षित पत्रकारिताको विकास रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा कार्यशालामा गोरखापत्रका कार्यकारी सम्पादक पुष्कर माथेमाले पत्रकार एवम् सञ्चारमाध्यमको भौतिक सुरक्षा र दण्डहीनताको अन्त्यका लागि सुरक्षा निकायको भूमिका विषयक त्यस्तै गरि मेडिया एड्भोकेसी ग्रुपका अध्यक्ष बबिता बस्नेतले लैङ्गिक संवेदनशीलताको दृष्टिकोणबाट पत्रकारहरूको प्रवद्र्धनमा सुरक्षा निकायको भूमिका र रिपब्लिका दैनिकका कार्यकारी सम्पादक विमल गौतमले समाचारकक्ष र सञ्चार संवेदनशीलता” विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

बारा, पर्सा, रौतहट, सर्लाही, मकवानपुर र चितवन जिल्लाका सुरक्षा निकायका प्रतिनिधि तथा पत्रकारहरू गरी करिब ३२ जनाको सहभागिता रहेको उक्त गोष्ठीमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् मध्यमाञ्चल संयोजक शीतलप्रसाद महतो,नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का अध्यक्ष दण्ड गुरुङ, महासचिव गजुरधन राई र सचिव मनोज घर्तीमगरलगायतका वक्ताहरूले कार्यक्रमको आवश्यकता औचित्य माथि प्रकास भएको थियो । फोटो Danda Gurung  facebook page

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2015
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031