मङ्लबार, बैशाख २५, २०८१

सत्तारुढदलको लचकताप्रति बिपक्षीहरु गम्भिर नभएको उपप्रम सिंहको आरोप

काठमाडौं चैत्र १६, शान्ति विनायक टोल सुधार समितिको नव निर्मित भवनको आज ��द्घाटन गर्दै उपप्रधान एवंम स्थानिय बिकास मन्त्री प्रकाशमान सिंहले संविधान निर्माणको क्रममा देखिउको विवाद निरुपणका लागि सत्तारुढदलले हदैसम्मको लचकता अपनाएपनि बिपक्षीहरु गम्भीर नभएको बताउँदै अव प्रक्रियागत रुपमा संबिधान जारी हुने बताउँनु भएको छ ।

त्यस्तै उहाँले सहमतिको नाममा सहमति खोज्दै मुलुकलाई अनिर्णयको बन्धक बनाईनु आफैमा महत्वहिन तर्क भएको जिकिर गर्दै अब प्रक्रियाबाटै अघि बढ्ने बताउँनु भएको हो ।

साथै यदि आफ्ना असहमतिका प्रसङगहरु विधानसभाको बैठकमा राख्ने खुल्ला विकल्पको पक्षलाई नजरअन्दाज गर्दै मेरो गोरुको बाह्रैटक्का भन्दै सम्रग प्रक्रियानै अवरुद्ध पार्ने जुन प्रवृति विपक्षीहरुले अङिगकार गरेको छ त्यो आफैमा लोकतान्त्रिक आवरणमा लुकेको अलोकतान्त्रिक चरित्रको ज्वलन्त उदाहरण भएको  बताउँनु भएको  छ ।

सम्बोधनकै क्रममा उहाँले आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै संबिधान निर्माणका लागि अझैपनि समय बाँकी रहेको जनाउँ दिदै बिपक्षी दलहरुहरुलाई आन्दोलन छाडेर सहमतिका आउन र सहमतिको बिकल्प नभएको पक्षतर्फ सचेत हुँन आग्रह गर्नु भएको छ। फोटो:  युपी लामिछाने

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728