बुधबार, बैशाख १२, २०८१

डा केसीको मुद्धा जायज : अध्यक्ष प्रचण्ड

काठमाडौ चैत्र १६ , एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विहान त्रिवि शिक्षण अस्पताल पुगेर आमरण अनशनमा बस्नुभएका dhaallचिकित्सक डा गोविन्द केसीले उठान गर्नु भएको विकृतिमुक्त चिकित्सा क्षेत्रको मुद्धामा ऐक्यबद्धता जनाउनुभएको छ । विगत नौ दिनदेखि विकृतिमुक्त चिकित्सा क्षेत्रको माग सहित आमरण अनशनमा बस्नु डा केसीलाई भेटेर उहाँले मागप्रति ऐक्यबद्धता जनाउनुभएको हो ।

डा केसीसङगको भेटपछि सञ्चारकर्मीङँग कुरागर्दै अध्यक्ष प्रचण्डले डा केसीको माग जायज भएकाले सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउँदै आफूले तत्कालै प्रधानमन्त्रीलाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गर्ने बताउँनु भयो ।