मङ्लबार, बैशाख १८, २०८१

पत्रकारद्धारा सभासद् पराजित

काठमाडौ चैत्र १४,  नेपाल पत्रकार महासङ्घको ६०औँ स्थापना दिवसको उपलक्ष्यमा आज पत्रकार र सभासद्वचि मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको छ । शनिवार दशरथ रङ्गशालामा भएको उक्त मैत्रीपूर्ण खेलमा पत्रकार–११ ले सभासद्–११ लाई शून्यका विरुद्ध चार गोलले पराजित गरेको छ । सभासद्को कप्तानमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले गरेको थियो भने पत्रकारको तर्फबाट महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले गर्नुभएको थियो ।

दुवै हाफ ३०/३० मिनेट गरी ६० मिनेट खेलाइएको खेलमा पत्रकारको  तर्फबाट प्रज्वल शाक्यले दुई तथा सुन्दर खनाल र सुवास हुमागाईँले १/१ गोल गरेका थिए । सभासद् टोलीले अन्तिमसम्म गोल फर्काउने प्रयास गरेपनि त्यो प्रयास असफल भएको थियो ।  त्यस्तै स्थापना दिवसकै अवसरमा आईतवार महासङ्घले भृकुटीमण्डपमा चैत्र १५ गते बिहान ८ बजे रक्तदान कार्यक्रम आयोजना गर्दैछ ।  फोटो साभार: खिलबहादुर भण्डारीको फेसबुक