शुक्रबार, बैशाख २१, २०८१

भक्तपुरमा बृहत औद्योगिक तथा व्यापार मेलाको आयोजा गरिने

भक्तपुर चैत्र १३, नयाँ वर्ष २०२ को आगमनको पूर्व सन्ध्यामा भक्तपुरमा ‘बृहत औद्योगिक तथा व्यापार मेलाको आयोजना गरिने भएको छ । औद्योगिक bktशान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आगामी चैत्र २७ गतेदेखि वैशाख ७ गतेसम्म उक्त व्यापार मेलाको आयोजना गर्न लागेको हो ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको जग्गामा हुने उक्त मेलामा दैनिक उपभोग्य वस्तुहरु, खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलालगायतका सामाग्रीहरुको २ सयभन्दा बढी स्टल राखिने आयोजकहरुले जनाएको छ ।  त्यस्तै मेलाको करिब ५ लाख उपभोक्ताले अवलोकन गर्ने र १२ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा आयोजकको राखेको छ ।