मङ्लबार, बैशाख २५, २०८१

आइक्यानले लेखापरीक्षकको लेखापरीक्षण शुल्क बढायो

काठमाडौं चैत्र १३,   नेपाल चार्टर्ड एकाउन्टेन्ट्सको छाता सङगठन आइक्यानले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी लेखापरीक्षकहरुको न्यूनतम लेखापरीक्षण शुल्क निर्धारण गरेको छ ।  लेखापरीक्षकहरुले अव देखि लेखापरीक्षण गरेबापट निम्नानुसारको शुल्क लिने आइक्यानले जनाएको छ । 1280px-Hauptbuch_Hochstetter_vor_1828आइक्यानले चार्टर्ड एकाउन्टेन्ट सदस्यको न्यूनतम लेखापरीक्षण शुल्क २० हजार, ‘ख’ वर्गका दर्तावाला लेखापरीक्षक सदस्यको १५ हजार, ‘ग’ वर्गको १० हजार र ‘घ’ वर्गको लेखापरीक्षक सदस्यको शुल्क ५ हजार निर्धारण गरेको हो ।

त्यस्तै सूचीकृत सार्वजनिक वित्तीय संस्थातर्फ सय अर्बभन्दा माथि कर्जा लगानी वा निक्षेप रकम भएमा न्यूनतम लेखापरीक्षण शुल्क २५ लाख, ५० अर्बभन्दा माथि २० लाख, १० अर्बभन्दा माथि १० लाख, ५ अर्बभन्दा माथि ५ लाख र १ अर्बभन्दा माथि १ लाख निर्धारण गरिएको आइक्यानले जनाएको छ ।
यैगरी आइक्यानले अन्य सूचीकृत तथा सार्वजनिक संस्था एवं निजी कम्पनी तथा प्रचलित कानुनबमोजिम स्थापना भएका अन्य संस्थाको न्यूनतम लेखापरीक्षण शुल्क पनि परिमार्जन गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728