बिहिबार, बैशाख २०, २०८१

काँग्रेसले १२ सयलाई समावेशी प्रशिक्षण दिने

काठमाडौं फागुन २१, नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गणेशमान सिंहको जन्म शताब्दीका अवसरमा नेपाली काँग्रेस समावेशी प्रशिक्षण एक हजार download (3)२०० जना पार्टीका महाधिवेशन प्रतिनिधिलाई दिने भएको छ । प्रतिष्ठानले २४० वटै निर्वाचन क्षेत्रअन्तर्गतका प्रत्येक क्षेत्रबाट महिला दुई, दलित, आदिवासी÷जनजाति, अल्पसङ्ख्यक वा मधेसी वा मुस्लिम वा अपाङ्ग मध्येबाट एक–एक गरी पाँच जना महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षणमा सहभागी गराउने भएको हो ।

कार्यक्रमको जानकारी गराउने उद्देश्यले नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतिष्ठानका संयोजक एवम् नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रशिक्षण देशका विभिन्न सात क्षेत्रमा हुने जानकारी दिनु भएको छ ।  प्रशिक्षण आगामी फागुन २४ अर्थात मार्च ८ ९अन्तर्राष्ट्रिय महिला दिवस०का दिन कपिलवस्तुको तौलिहवामा आरम्भ हुने र दुई दिनसम्म चल्ने उक्त प्रशिक्षणमा राप्ती अञ्चलका सबै जिल्ला, लुम्बिनी अञ्चलबाट नवलपरासी बाहेकका जिल्ला र बाँके जिल्लाका १८५ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने प्रतिष्ठानले जनाएको छ ।