बिहिबार, बैशाख १३, २०८१

आजदेखि काठमाडौँ–बनारस बस सेवा सञ्चालन हुने

काठमाडौ फागुन २१, काठमाडौँ र बनारसबीच  सम्बन्ध स्थापना गर्ने उद्देश्यले आजदेखि दैनिक यात्रुबाहक बस सेवा सञ्चालन गरिने भएको छ । बुधवार सेवा सञ्चालको busविषयमा जानकारीदिन मन्त्रालयमा आयोजित कार्यक्रममा दिईएको जानकारी अनुसार आज बिहान ८ः०० बजे दशरथ रङ्गशालामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले बस सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

छलफल कार्यक्रममा भारतीय यातायात मन्त्रालयका सहसचिव निरज बर्मा, नेपाली समकक्षी विष्णुओम वादे श्रेष्ठलगायत यातायात व्यवसायी र मन्त्रालयका अधिकारीको उपस्थिति थियो । बस सेवा  सञ्चालन सङगै अव छ सय चार किमीको दूरीमा रहेको बनारस १६ घण्टाको बसयात्रा तयगरेपछि पसगिने भएको छ । प्रति यात्रु एकतर्फी बनारससम्मको रु दुई हजार १४४ भाडा दर कायम गरिएको छ ।