बिहिबार, बैशाख २०, २०८१

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौँ फागुन १९, डिजेल बोक्ने ट्याङ्करले आज साँझ बानेश्वरको तीनकुनेमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको छ ।  महानगरीय प्रहरी बृत नयाँ बानेश्वर प्रहरीका अनुसार ना२ख २७३५ नम्बरको ट्याङ्करले बा५२प ५८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा पछाडि सवार ४७ वर्षीया हिरा लामाको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थाह भएको छ ।  त्यस्तै ठक्कर   दिएपछि  भाग्दै गरेका ट्याङकरका   वीरबहादुर घलान  नामका चालकलाई पक्रेर महानगरीय प्रहरी बृत नयाँ बानेश्वरल हिरासतम लिएको जनाएको छ ।