बिहिबार, बैशाख २०, २०८१

काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

काठमाडौ फागुन  ११,  नेपाली काँग्रेस कन्द्रीय कार्यसमितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे आज पनि बस्दैछ । केही दिनदेखि जारी बैठकमा download (3)समसामयिक राजनीतिक घटनाक्रम, संविधान निर्माणमा देखिएको विवादका साथै पार्टीको आन्तरिक गतिविधिलगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राख्नेछन् ।

आईतवारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले सहमतिको रटानका कारण संविधान निर्माण प्रक्रिया न सहमतिमा अघि बढ्न सक्यो न प्रक्रियामा जान सक्यो त्यस्तै स्थानीय निकायको निर्वाचन गराउन नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका थिए ।