बिहिबार, बैशाख २०, २०८१

बुधवार देखि राजधानीमा बृहत छाला जुत्ता तथा वस्तु प्रदर्शनी हुने

images (3)काठमाडौ फागुन  ११,  राजधानीमा साना तथा लघु घरेलु उद्योग प्रवद्र्धन गर्नका लागि फागुन बुधवारदेखि १९ सम्म भृकुटीमण्डपमा ‘चौँथो बृहत छाला जुत्ता तथा वस्तु प्रदर्शनीको आयोजना गरिने भएको छ ।

नेपाल छाला जुत्ता उत्पादक सङ्घले आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदर्शनीको आयोजनाको जानकारीदिएको हो । पत्रकार सम्मेलनमा सङ्घका कार्यवाहक अध्यक्ष जीवन नेपालीले जुत्ताका पारखी, आम उपभोक्ता र कच्चा पदार्थको आपूर्तिकर्ता र खरिदकर्तालाई लक्ष्यित गरी गरिएको सो मेलामा ८० हजार दर्शक भित्र्याउने लक्ष्य रहेको बताउँदै  सङ्घ आबद्ध उद्यमीको ४० वटा कक्ष रहने जानकारी दिनुको अलावा प्रदर्शनी लाभदायक हुने विश्वास व्यक्त गर्नुभएको छ ।