सोमवार, चैत्र ६, २०७९

सिमराचोक रणभूमि बनेपछि स्थानीय प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

  सिमरा काठमाडौं  फागुन ११, सेवा केन्द्र स्थापना गर्न माग राखरे आठ दिनदेखि आन्दोलित स्थानीयबासी र प्रहरीबीचको झडपले रणभूमि बनेपछि स्थानीय प्रशासनले सिमराका विभिन्‍न ठाउँमा निषेधित क्षेत्रको घोषणा गरेको छ।
आन्‍दोलनलाई थप सशक्‍त हुन नदिन स्थानीय प्रशासनले सर्वपक्षीय सुरक्षा निकायको बैठक बसेर पुर्व पश्चिम राजमार्गको धन्सार खोला पुलदेखि पथलैया हुँदै उत्तरी सिमाको चुरेमाइसम्‍मको सडकखण्डको दायँबाया २ सय मिटर क्षेत्र र त्रिभुवन राजपथको पथलैयादेखि परवानीपुरको ज्‍योतिफर्मको सडकखण्डको दायँबाया २ सय मिटर क्षेत्र घोषणा गरिएको खवर दिवाकर भण्डारीको वाईलाइनमा आजको अन्नपूर्ण पोष्टमा प्रकाशित रहेको छ ।

त्यस्तै खवरमा हिंसात्‍मक र ध्‍वंसात्‍मक, हुलहुजत र अराजक कुनै पनि गतिविधि गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन २०२८ अनुसार उक्त स्थानमा निषेधित क्षेत्र घोषणा गरिएको स्थानीय प्रशासन प्रमुख बालकृष्ण पन्‍थीले बताए। बिहान ६ बजेदेखि लागु भएको उनले बताए। आइतबार चार घन्टासम्म झडप हुँदा सिमराचोक रणभूमिजस्तै बनेको थियो। राजमार्ग बन्द गरेर प्रदर्शनमा उत्रिएका स्थानीयलाई प्रहरीले धपाउन खोजेपछि झडप भएको थियो। झडपमा प्रहरी र बन्दकर्ता गरी ३० जनाभन्दा बढी घाइते भएका थिए।
यता, बन्दकर्ताको कुटपिटबाट मध्यक्षेत्रीय सशस्त्र प्रहरी बल रुद्रबाहिनीका लिलराज भुजेल गम्भीर घाइते भएका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन सय सेलभन्दा बढी अश्रुग्यास हानेको थियो। झडप चर्कंदै गएपछि प्रहरी रबरको गोली चलाउन बाध्य भएको थियो। आक्रोसमा उत्रिएका प्रदर्शनकारीले सिमराचोकको प्रहरी बिट र ट्राफिक प्रहरी बिट जलाएका थिए।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031