बिहिबार, बैशाख २०, २०८१

हचुवाको सङ्घीयतामा आन्तरिक नाकाबन्दीको खतरा : पूर्व प्रधानसेनापति कटवाल

भक्तपुर फगुन ९,  पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवालले हुचुवाको भरमा देश सङ्घीयतामा गए आफ्नै देशमा नाकाबन्दीको पीडा भोग्नुपर्ने अवस्था आउने katwal_ बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले हचुवाको भरमा सङ्घीयता घोषणा भए एक प्रदेशले अर्को प्रदेशलाई नाकाबन्दी गर्नसक्ने अवस्था आउने धारणा राख्नु भएको हो ।

त्यस्तै उहाँले देशले सङ्घीयता थेग्न सक्छ कि सक्दैन यसबारे प्रष्ट हुनु जरुरी रहेको भन्दै देश सङ्घीयतामा प्रवेश गरिरहेको अवस्थामा हरेक राज्य सक्षम नभएका खण्डमा एक प्रदेशले अर्को प्रदेशलाई नाकाबन्दी गर्न सक्ने खतरा रहने तर्फ बेलैमा सचेत हुँनु पर्नेमा विशष जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।