बिहिबार, बैशाख ६, २०८१

राजधानीमा मधुमेहको जागरण फैलाउँन Diabetes Marathon

काठमाडौं फागुन १०, स्वास्थ्य क्षेत्रमा जटिल समस्याका रूपमा देखापरेका रोगहरूमध्ये डायविटिज अर्थात् मधुमेह पनि एक हो । यो मानिसको रहन-सहन एवं व्यवहारका dibitesdibites(1)कारण आइपर्ने रोग हो । आजको युगमा मानिसमा आमूल परिवर्तन आएको छ । मानसिक तनावजस्ता समस्याहरूका कारण संसारभरिकै विकसित-अविकसित मुलुकहरूमा यो रोग बढ्दै गएको छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०२५ सम्म डायविटिजका रोगीहरूको संख्या ३० करोड पुग्ने दाबी गरेको छ । हो त्यसअर्थमा पनि समयमा नै आफ्नो स्वास्थ्य वारे सजग भई जीवनशैलीमा परिवर्तन, शारीरिक व्यायाम, तौल नियन्त्रण, चिल्लो तथा नुनिलो कम गर्ने, तनाव नलिने र खानपानमा ध्यान पुर्‍याउँने हो भने डायविटिजबाट वच्न सकिन्छ भन्ने जागरण फैलाउँन डायविटिज नेपालले राजधानीमा शनिवार डायविटिज म्याराथुन कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा डाइविटिज नेपालका अध्यक्ष रोशनकृष्ण न्याछ्यौ लगायतका वक्ताहरुले मधुमेह रोग विकासोन्मुख देशमा मधुमेह रोग जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा देखा परेकाले यसलाई समयमै ध्यान दिन आग्रह गर्नुभएको थियो । विशेषत रगतमा ग्लुकोजको मात्रा सामान्यभन्दा बढी भएको अवस्थामा मधुमेह हुन्छ । हामीले खाएको खाना कार्बोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थबाट शरीरले शक्ति प्राप्त गर्न नसकी रगतमा सामान्यभन्दा बढी ग्लुकोज वा चिनीको मात्रा जम्मा हुनाले मधुमेह हुन्छ । एकपटक मधुमेह भइसकेपछि जीवनभर जारी रहन्छ । हालसम्म यो रोगको पूर्ण उपचारका लागि औषधि पत्ता लागिसकेको छैन । खानपान, व्यायामजस्ता कुरामा ध्यान दिन सकिएका नियन्त्रण मात्र हुने चिकित्सकले बताएका छन ।